सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित समय : ११:०८ बजे