back
himalayan life

विश्वभरका सेफहरू काठमाडौंको भृकुटीमण्डपमा

काठमाडौँ । विश्वभरका नेपाली सेफहरू काठमाडौंमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौं आएका हुन् । बुधबारसम्म दर्जनौँ सेफहरू आइसकेको र यो क्रम जारी नै रहेको बताइएको छ ।

नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागेको हो ।

त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका संयोजक अरुण अधिकारीले जानकारी दिए । उनले कार्यक्रमलाई सेफहरूको कुम्भमेलाको रूपमा चित्रित गर्दै सोहीअनुसार विश्वभरबाट करिब ५०० हाराहारीका सेफहरू नेपाल आउने अपेक्षा गरिएको दाबी गरे।

विश्वका विभिन्न विश्व चर्चितसहितका होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन् । आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू यहाँ भेला भएर नेपालमा पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ ।

फेस्टिभलअघि बिहीबार अन्तर कलेज कुकिङ कम्पिटिसन समेत गर्ने तय भएको छ । यस्तै ६ गतेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै कुकहरूले आफ्नो कला कौशल प्रदान गर्नुका साथै विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गर्ने तय भएको छ ।
अधिकारीका अनुसार कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने तय भएको छ । अहिले सेफ सोसाइटी कार्यक्रमलाई सभ्य र भव्य बनाउन लागिपरेको भन्दै उनले त्यहाँ रहने विभिन्न परिकारका स्टलहरू अवलोकन गर्न सबैसँग अनुरोध गरे ।

अधिकारीका अनुसार सोसाइटीको शाखा ३८ देशमा शाखा रहेको छ भने जसमध्ये १६ वटा देशहरूमा कमिटी बनिसकेको र बाँकी देशहरूमा टिम विस्तारको काम भइरहेको छ । उनका अनुसार २०१८ मा सेफ सोसाइटी युएईबाट सुरु भएको थियो । नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार नेपालको कानुनअनुसार समेत सोसाइटी दर्तामा छ ।

अन्तर्राष्ट्रिय नाम राख्न नेपाली कानुनले नदिएकाले अहिले नेपाली सेफ सोसाइटीको नाममा संस्था दर्ता भएको बताए । अन्तर्राष्ट्रिय सेफ सोसाइटी या नेपाली सेफ सोसाइटी सबै एउटै अंग भएको बताए।

सोसाइटी पाककला क्षेत्रको विश्वव्यापी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएका संस्था हो । हाल सम्म यसमा ३५ हजार भन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत रहेको दाबी गरिएको छ । यस्तै संस्थामा ५ हजार भन्दा बढी सेफहरू संस्थागत सदस्य छन् ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

यस्तै नेपाली पर्यटन समेतको प्रवद्र्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

फेस्टिभलमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, ५ वटा पर्यटन जानकारी) रहनेछन् । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को रहने अधिकारीले बताए ।

यस्तै मोमो, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिंडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल, आदिको स्टल पनि रहनेछ ।
उसो त सेफ पेसालाई सम्मानित र मर्यादित बनाउन तथा यसको वृहद प्रचारप्रसार गर्ने समेत आफूहरूको उद्देश्य रहेको भन्दै उनले पहिलो पटक हुन लागेको यो वृहद कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए ।

सोही कार्यक्रमबाट अन्तर्राष्ट्रिय सेफ सोसाइटीको नयाँ कार्यसमिति समेत चयन गरिने बताइएको छ । हाल अधिकारी संयोजक रहेकामा पहिलो महाधिवेशनबाट नेतृत्वसहितको कार्यसमिति घोषणा गरिने बताइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

वि.सं.२०८३ असार १६ मंगलवार १६:०२

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास...

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको ऐतिहासिक सफलता

वि.सं.२०८३ असार १६ मंगलवार १५:४८

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १६ मंगलवार १३:०९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ...

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...