back
himalayan life

कानुन अनुसार आम्दानीको स्रोत खोजी गर्नुपर्छ : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सबै निकायहरुले कानूनले दिएको आम्दानीको स्रोतहरुको खोजी गर्न आग्रह गरेका छन् । आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरु खोज्न र कानून बनाएर काम गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘आम्दानी केही छैन, किन नगरेको ? भवनहरुको आचरसंहिता हुनुपर्दथ्यो त्यसपछि केही पहल गर्न सकिन्थ्यो, केही शुल्क लगाउन सकिन्थ्यो, त्यसैले आम्दानीको स्रोतहरु खोज्नुपर्यो । कानूनले दिएको आम्दानीको स्रोतहरु खोज्नुपर्यो । कानुन बनाएर गर भनेको ठाउँमा कानून बनाउनुपर्यो । नत्र प्रदेश सभाहरुको के काम भयो र । नगर सभाको सदस्यहरु सबै आफ्नो नगरको विधायक हुन् प्रदेशलाई किन दिने स्थानीय विधायनले पनि केही न केही प्रवद्र्धन गर्नुपर्यो ।’

उनले विद्यालय, स्वास्थ्य चौकी र प्रहरी कार्याल्यहरुमा ल्यापटपसम्म नहुनु दुःखद कुरा भएको भन्दै सबै ठाउँमा इन्टरनेट उपलब्ध गराउने पनि बताए । उनले राज्यले धेरै खर्च गरेको तर काम नदेखिएको भन्दै ‘संघीय सांसदलाई हात्ती भन्दै प्रदेश सांसदलाई बाख्राको संज्ञा दिए ।

‘संघीय सांसद त हात्ती नै भए । तीनलाई १० भारी घास दिनुपर्यो । प्रदेश अन्तर्गतका बाख्रा भए एक मुठा घास चाइयो । स्थानीयलाई पनि चाइयो । जिम्मेवारीसहित तलवभत्ताको रुपमा होला । राज्यको धेरै खर्च हुँदा कही न कही त देखिनु परेन राज्यले अधिकतम उपयोग गर्न सक्नुपर्यो,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...