back
Naima

मुख्यमन्त्री सिँहद्वारा १४ निजी अस्पताल अनुगमन: १३ वटा बन्द गर्न निर्देशन

जनकपुर । मुख्यमन्त्री सिँहको अनुगमन, बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिँहसहितको टोलीले मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन् । तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन् ।

मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शय्याको सो अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्नेगरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । सो अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र नै छाडेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । जनस्वास्थ्य अधिकृत ठाकुरले सो अस्पताल बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिँहले अहिलेसम्म १ सय ५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय आठवटा अस्पताल बन्द गराइएका छन् । नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ । बन्दमध्ये मापदण्ड पुरा गरेका पाँच अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।

मुख्यमन्त्री सिँहसहितको अनुगमन टोली मिर्चेया बजार प्रवेश गरेसंगै स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका मिर्चेयाका आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक, व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारीहरु फरार भएका थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...