राष्ट्र बैंकका गभर्नर अधिकारी आजबाट विदामा : कामुको जिम्मा डा.नीलम ढुंगानालाई
वि.सं.२०८१ चैत ५ मंगलवार
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजबाट विदामा बसेका छन् । ०७६ चैत २४ मा नियुक्ति भएरका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्।
५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ। आजबाटै विदामा बस्ने भएपछि कायममुकायमको जिम्मा डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई दिइएको छ।
सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस समिति गठन भएको हो ।
समितिमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् ।
प्रकाशित समय : १०:४२ बजे






















