back
himalayan life

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न : कोषको २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी

राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार आवश्यक

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
आम नागरिकलाई कसरी कोषमा आवद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै जाने छ भन्ने उहाँले अपेक्षा गर्नुभयो ।

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिनुभयो । आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पु-याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।

कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाहरु सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उहाँले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तन्व्य राख्नु हुँदै कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले २ करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख पुगेको बताउनुभयो । कोषमा आवद्ध करिब ७ लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झट रहित सेवा र कोषको हिसाव किताव चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई कोषले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

कोषले लगानी विविधीकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको र आवश्यकता अनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पुँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।

चालु आवको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सहायक कम्पनी, सहभागी सापटी तथा आवास कर्जा, ट्र्ेजरी बिल एवं संगठित संस्थाको सेयर/धितोपत्र लगायतमा २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी रहेको उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक कार्कीले कोषको वार्षिक साधारणसभा निर्दिष्ट समयमा सम्पन्न गरिएको, कर्मचारी विनियमावली नेपाल सरकारबाट स्वीकृत भई आइसकेको हुँदा कर्मचारीहरुको वृति विकासको कार्य प्राथमिकताका साथअघि बढाइने हुँदा उत्प्रेरित भई कार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । ढकालले त्यस्ता कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले लगानी कोषको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो ।

कोषको पूर्वअध्यक्ष डा.भोजराज घिमिरेले कम जनशक्तिले २ सय ७३ अर्ब रुपैयाँको फण्ड सञ्चालन गर्नु भनेको ठूलो उपलब्धि भएको बताउनुहुँदै कोषले अझ आफूलाई अगाडि लानु पर्ने धारणा राख्नुभयो । नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र बिक्रम थापाले कोषसँग सम्बन्धित विषयहरुलाई सम्बोधन गर्न कोष व्यवस्थापन र नेपाल सरकारसँग आग्रह गर्नु भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...