back

नेपाल चेम्बर अफ कमर्सको ‘पूर्वाधार र भूमि सुधार समिति’ को गठन पूरा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ ।

चेम्बरको ७३ औं साधारणसभा तथा अधिवेशन पश्चात् चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई समितिको सभापतिमा मनोनयन गरे अनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र सम्बन्धित व्यवसायका ज्ञाताहरु सम्मिलित समिति गठन भएको हो ।

समितिको वरिष्ठ सल्लाहकारमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा तथा सल्लाहकारहरुमा ओम हस्पिटल एण्ड रिसर्ज सेन्टर प्रा.लि.का संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष टंक बहादुर श्रेष्ठ र कानून विज्ञ गोकुल बुर्लाकोटी तथा संघसंस्था विज्ञ उत्तम प्रसाद झा रहेका छन् ।

समितिको पहिलो बैठकले हालै नेपाल सरकारव्दारा जारी भएको परिमार्जित सहरी विकास नीति २०८१ को स्वागत गरेको छ । साथै बैठकले उक्त नीति अन्तर्गत गठन हुनुपर्ने समितिहरु समयमै गठन गर्न र बन्नुपर्ने नियमावलीहरु शीघ्र तयार गर्नका लागि सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिएको छ ।

विगतको अनुभवलाई ध्यानमा दिएर यस्ता नियमहरु बनाउँदा नेपाल चेम्बर अफ कमर्स र सम्बन्धित व्यवसायिक संघका साथै व्यवसायीहरुको उचित उपस्थिति र सल्लाहमा बनाइएको खण्डमा यसले देशभर पूर्वाधार र भूमि सुधारका क्षेत्रमा काम गर्ने वातावरण निर्माण हुने कुरामा पनि बैठकले ध्यानाकर्षण गराएको छ ।

बैठकले पूर्वाधार विकास तथा भूमि सुधार क्षेत्र, देशको अर्थतन्त्र चलायमान बनाउन र कूल गार्हस्थ्य उत्पादनमा प्रमुख योगदान गर्ने क्षेत्र हुंदाहुंदै पनि विभिन्न कारणले यस क्षेत्रमा लाग्ने व्यवसायीहरुको मान् बढ्ने खालका कार्य हुन नसकेको र व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा पनि सरकार र समाजकोतर्फबाट सकारात्मक सोच राख्न जरुरी रहेको कुरामाथि जोड दिइएको छ ।

समितिले आफ्नो पहिलो बैठकबाट आव २०८१(२०८२ मा प्रमुखरुपमा गरिने कार्यक्रमहरु पनि तय गरेको छ ।

पूर्वाधार विकास तथा भूमि सुधार सम्बन्धमा चेम्बर मार्फत् निरन्तर रुपमा सरकारलाई सुझाव प्रस्तुत गर्ने, नेपाल सरकारव्दारा जारी गरिएको सहरी विकास नीति २०८१ को विषयमा गहन अध्ययन गरी सम्बन्धित पक्षहरु सम्मिलित जानकारीमूलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने र विद्यमान अवस्थामा पूर्वाधार विकास र भूमि सुधार विषयमा व्यवसायीहरुले सामना गरिरहनु परेको कठिनाइ र गुनासो संकलन गरी यसको निवारणका लागि प्रयासरत् रहने समितिको लक्ष्य रहेको चेम्बरले जनाएको छ ।

साथै, समितिले देशको अर्र्थतन्त्र विकासका लागि पूर्वाधार विकास तथा भूमि सुधार क्षेत्रको योगदान बृध्दि गर्नका लागि विभिन्न मुलुकले अपनाएका उत्तम अभ्यास र नीति नियमहरु संकलन गरी आवश्यक समीक्षा पश्चात् सरकारलाई सुझाव प्रस्तुत गर्ने चेम्बरले जनाएको छ ।

त्यस्तै, सल्लाहकारमा गोकुल बुर्लाकोटी, उत्तम प्रसाद झा र टंक बहादुर श्रेष्ठ रहेका छन् भने सदस्यमा अच्यूत कटवाल, दिपेश लामा, पूर्णिमा राजभण्डारी, राधेसुन्दर सायंजू, विदुर प्रसाद बर्तौला, अनिल शिवाकोटि, कविन महर्जन, विष्णुभक्त मारिखु, अनिल मानन्धर, राजुमान बज्राचार्य, हेमप्रकाश उप्रेती, श्रीधर महरा, कमल बस्नेत र पुष्परत्न शाक्य रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...