back
nactional

अनुमति पाएको बिक्रि खुला नगर्दै अर्काे ऋणपत्रका लागि अनुमति माग्न पुग्यो कृषि विकास बैंक

काठमाडौं । कृषि विकास बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कृषि विकास बैंक लिमिटेडले ‘४ प्रतिशत एग्रिकल्चर बोण्ड’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति मागेको हो । बैंकले बोर्डमा १३ गते निवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये १६ लाख इकाई सर्वसाधारण र बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गर्ने जनाएकोछ । ऋणपत्रले वार्षिक ४ प्रतिशत ब्याजदरमा ८–९ वर्ष अवधिको कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

यता, बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न केहि समय अघि नै अनुमति पाईसकेको छ । यद्यपी अझै बिक्रि खुला भने गरेको छैन । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये २४ लाख इकाई सर्वसाधारण र बाँकी ३६ लाख इकाई संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४ नाममा ऋणपत्र जारी गर्न अनुमति पाएको हो । यो ऋणपत्रको बिक्री प्रबन्धकमा पनि एनआइबीएल एस क्यपिटल नै रहेको छ ।

०७८ जेठ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:००

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै लोकप्रिय उपभोक्ता...

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

एनएमबि बैंकको अनलाइनबाटै कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५८

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको...

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...