back

मन्त्री भण्डारीले गरे सातवटा उद्योग–प्रतिष्ठानलाई सम्मान

nactional life

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई सम्मान गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सातवटा उद्योग÷प्रतिष्ठानहरुलाई सम्मानित गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मर्यादित श्रमको अवधारणा बमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ मा यस सम्बन्धी नीतिगत व्यवस्था गरेको समेत जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरराष्ट्रिय श्रम सङ्गठनद्वारा पारित व्यवासयजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी महासन्धि नं. १५५ तथा अन्य क्षेत्रगत कानूनले मार्गदर्शन गरे बमोजिम श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रत्याभूत गर्ने उद्देश्यले राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ जारी गरिएको जनाएको हो ।

यसैगरी व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी ध्वनी र प्रकाश मापदण्डहरु, २०७४, इटा उद्योगमा काम गर्ने श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा एवम् स्वास्थ्य सम्बन्धी निर्देशिका २०७४ जस्ता क्षेत्रगत मापदण्ड र निर्देशिकाहरु समेत कार्यान्वयनमा रहेको जनाएको छ ।

कार्यस्थलमा श्रमिकहरूको शारीरिक, मानसिक र सामाजिक कल्याणको संरक्षण र प्रवर्द्धन गर्दै कार्यस्थलमा हुने दुर्घटनाहरू, स्वास्थ्य जोखिमहरू र कार्यप्रणालीका कारण उत्पन्न हुने समस्याहरूबाट श्रमिकहरूलाई बचाउने उद्देश्यले विभाग तथा मातहत कार्यालयहरुले प्रवर्द्धनात्मक, निरोधात्मक एवम् उपचारात्मक कार्यहरु गर्दै आईरहेको समेत मन्त्रालयले जनाएको छ ।

यसै सन्दर्भमा प्रवर्द्धनात्मक कार्य अन्तर्गत आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने उद्योग/प्रतिष्ठानहरुलाई विभिन्न सूचकका आधारमा छनौट गरी विभागबाट प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम अनुरुप आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट एवम् अनुकरणीय कार्य गर्ने प्रत्येक प्रदेशबाट एक/एक वटाका दरले उद्योग/प्रतिष्ठानलाई आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले सम्मान गरेका छन् ।
सम्मान प्राप्त गर्ने उद्योग/प्रतिष्ठानहरू
१. कोशी प्रदेशः सुर्य नेपाल प्रा.लि., विराटनगर
२. मधेश प्रदेशः ब्रिटानिया नेपाल प्रा.लि., बिरगञ्ज म.न.पा. – २१, पर्सा
३. बागमती प्रदेशः युनिलिभर नेपाल प्रा.लि., हेटौडा–३, बसामाडी, मकवानपुर
४. गण्डकी प्रदेशः सुर्य नेपाल प्रा.लि., सुक्लागण्डकी–०७, तनहुँ
५. लुम्बिनी प्रदेशः राज ब्रुअरी प्रा.लि., रामग्राम–११, हकुई, नवलपरासी
६. कर्णाली प्रदेशः सिद्धार्थ शनि रिसोर्ट, बिरेन्द्रनगर, सुर्खेत
७. सुदूरपश्चिम प्रदेशः वेष्टर्न फिड इ. प्रा. लि., धनगढी उप–महानगरपालिका– १३, कैलाली

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...