back
himalayan life

आइएमई पेले ल्यायो स्मार्ट फोन जित्ने मौका

काठमाडौं । आइएमई पेले स्मार्ट फोन जित्ने मौका ल्याएको छ । आइएमई पेले ‘बैंक लिंक गरौं, मोबाइल जितौं’ नामक योजना सार्वजनिक गरेको हो ।

यस योजना मार्फत आइएमई पे एपले प्रयोगकर्ताहरुलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिंक गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य साथ उक्त योजना ल्याएको जनाएको छ ।

यो योजना मंसिर ६ गते देखि माघ ६ गतेसम्म २ महिनाको लागि ल्याएको कम्पनीले जनाएको छ । यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिंक गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरु गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

उक्त योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एप मार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिंक गर्न सक्नेछन् ।

यस अफरमा सहभागी हुन पहिलै लिंक नभएको बैंक खाता लिंक गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक अन्य ३ विभिन्न भुक्तानीहरु गर्नु पर्ने कम्पनीले जनाएको छ ।

‘यो अभियान हाम्रा प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीहरु अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरुको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आफ्नो बैंक खाताहरु लिंक गरेर प्रयोगकर्ताहरुले सजिलैसँग रकम ट्रान्सफर गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन् ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...