back

२४ सै घण्टा सेवा प्रदान गर्दै जमल विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा

काठमाडौँ । शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको सुविधा एकै ठाउँमा पाउन काठमाडौँमा मुस्किल नै छ ।

यस्ता समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङका साथमा मनोरञ्जनका साथै विभिन्न खानाको स्वाद अनि लाइभ मिउजिकको नयाँ थलोका रूपमा जमलको विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा आएको छ ।

खाना बस्न तथा मनोरञ्जनका साथै २४ सै घण्टा सेवाका साथै पर्याप्त पार्किङ यो क्लबको विशेषता भएको सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको उहाँले बताउनुभयो । विभिन्न स्वदेशी एवं विदेशी खानाका साथ लाइभ मिउजिकको मज्जा लिँदै आनन्द लिन चहानेहरुको लागि राजा लन्ज एन्ड क्लब एक उपयुक्त स्थान भएको उहाँले बताउनुभयो । क्लबको वातावरण र सेवाले जो कोहीलाई पनि अद्वितीय अनुभव प्रदानमा आफू विश्वस्त भएको श्रेष्ठले बताउनुभयो ।

साँझ सात बजे देखि राती दुई बजे सम्म लाइभ मिउजिकको व्यवस्था सहित विभिन्न खानाहरूको मज्जा लिने उपयुक्त थलोका रूपमा यो क्लब सञ्चालनमा आएको अर्का सञ्चालक राजकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्वादका खाना सहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन यहाँ सकिन्छ जसले क्लबको माहोललाई अझै रमाइलो बनाएको छ ।

शाहका अनुसार क्लबमा जन्म दिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधा समेत रहेको छ ।

जन्म दिन मनाउन साथीभाइ गेट टुगेदर गर्न तथा अन्य भेटघाटका लागि आफ्नो सवारी साधनको पर्याप्त पार्किङ समेतको व्यवस्था रहेका कारण क्लब युवा तथा अन्य माझ निकै लोकप्रिय साबित भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ साउन १९ मंगलवार ११:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १८ सोमवार ११:१६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...