back

पिटर इंग्ल्याण्डको नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा

ललितपुर । अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डले ललितपुरको कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार एक समारोहबीच स्टोरको उद्घाटन गरेका हुन् ।

स्टोरमा सर्ट, टी–सर्ट, ट्राउजर, डेनिम, सूट, ब्लेजर लगायतका पुरुषका कपडासँगै बेल्ट, टाई, रुमाल जस्ता सामानहरू उपलब्ध छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो ।

आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ ।

पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कुमारले काठमाडौंमा तेस्रो स्टोरको उद्घाटनसँगै काठमाडौंमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए । ‘प्यासिफिक बिजनेस प्राइभेट लिमिटेडसँगको साझेदारीले हाम्रो विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ, र हामी हाम्रा ग्राहकहरूलाई थप सेवा गर्न पाउँदा खुसी छौं,’ उनले भने ।

प्यासिफिक बिजनेश प्राइभेट लिमिटेडका निर्देशक विपिन कुमार अग्रवालले नयाँ स्टोरको सुरुवातसँगै फेसनप्रति सचेत ग्राहकहरुलाई अझ धेरै विकल्पहरू ल्याइएको बताए । कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा आएसँगै नेपालमा पिटर इंग्ल्याण्डको उपस्थिति थप बलियो बनेको उनको भनाइ छ ।

‘नयाँ स्टोर सुरु भएसँगै, ब्रान्डले आफ्नो उपस्थितिलाई अझ बृद्धि गर्ने र देशभरका पुरुषहरूलाई प्रिमियम तथा गुणस्तरीय विकल्पहरू प्रदान गर्दै जीवनशैलीसँग जोडिने उत्पादनहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ,’ उनले भने ।

१८८९ मा आयरल्याण्डमा स्थापना भएको पिटर इंग्ल्याण्ड पुरुषका कपडाका लागि भारतको सबैभन्दा ठूलो ब्राण्ड हो । यसका भारतका ८ सय सहरमा १ हजार १ सयभन्दा बढी स्टोर छन् ।

लामो समयदेखि गुणस्तर र विश्वासनीयताका लागि परिचित पिटर इंग्ल्याण्डलाई इकोनोमिक टाइम्स ब्रान्ड इक्विटी सर्वेक्षणले लगातार ७ वर्षसम्म भारतको सबैभन्दा विश्वसनीय र उत्कृष्ट पोशाक ब्रान्डको मान्यता दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...