back

आईफोन १६ सिरिज सार्वजनिक, के छन् फिचर,कति रहेकाे छ मूल्य ?

काठमाडौँ । एप्पलले आफ्नो मेगा इभेन्टमा आइफोन १६ सिरिज सार्वजनिक गरेको छ । यस सिरिज अन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स फोनहरू लन्च गरिएको छ। कार्यक्रममा एप्पल वाच सिरिज १० र वाच अल्ट्रा २ पनि प्रस्तुत गरिएको छ ।

आइफोन १६ र आइफोन १६ प्लसको कुरा गर्दा, यी दुबै फोनको डिजाइनमा परिवर्तन गरिएको छ । रियर प्यानल क्यामराको डिजाइन परिवर्तन गरिएको हाे। अब रियर प्यानलका लेन्सहरू तलमाथि छन् जुन पहिले एकअर्काको विपरीतमा थिए ।

आईफोन १६ र प्लसमा एक्शन बटन प्रदान गरिएको छ जुन गत वर्षकाे आईफोन १५ प्रोमा पनि दिइएको थियो। यी दुबै नियमित मोडलहरूमा तपाईले ए१८ (A18) बायोनिक चिपसेट पाउन सकिनेछ। दुबै फोनहरू अल्ट्रामरिन, टिल, कालो, हरियो, गुलाबी, निलो, सेतो, पर्पल र पहेँलो रंगहरूमा खरिद गर्न सकिन्छ।

आईफोन १६मा ६.१ इन्च डिस्प्ले रहेकाे छ र आईफोन १६ प्लसमा ६.७ इन्च डिस्प्ले छ । यसमा सेरेमिक शिल्डको सुरक्षा पाउन सकिनेछ र पीक ब्राइटनेस २,००० निट्स छ। यी दुवै मोडेलहरूमा एफल इंटिलिजेन्स एआई सुविधाहरू उपलब्ध हुनेछन्। साथै, दुबै फोनमा क्यामराका लागि छुट्टै बटन दिइएको छ । यसको प्रयोग गरेर तपाईंले फोटो-भिडियो खिच्न सक्नुहुन्छ। यो बटन मार्फत् जुम पनि गर्न सकिनेछ।

क्यामराको कुरा गर्दा, दुबै फोनमा डुअल रियर क्यामरा रहेका छन् । यसमा प्राइमरी लेन्स ४८ मेगापिक्सल र दोस्रो लेन्स १२ मेगापिक्सेलको छ । सेल्फीका लागि अगाडि १२ मेगापिक्सेलको क्यामरा उपलब्ध हुनेछ। पछाडिको क्यामराका साथमा अल्ट्रा वाइड एंगलको सपाेर्ट पाइनेछ।

आईफोन १६ प्राे र आईफोन १६ प्राे म्याक्समा पहिले भन्दा बलियो टाइटेनियम बडी हुनेछ जुन पहिलेको भन्दा हल्का पनि छ। दुबै प्रो मोडलहरू ब्ल्याक टाइटेनियम, ब्ह्वाइट टाइटेनियम, नेचुरल टाइटेनियम र डेजर्ट टाइटेनियम रङहरूमा खरिद गर्न सकिनेछ।

आईफोन १६ प्रोमा ६.३ इन्चको र प्रो म्याक्समा ६.९ इन्चको सुपर रेटिना एक्सडीआर अल्वेज अन डिस्प्ले पाउन सकिन्छ। सबैभन्दा ठूलो डिस्प्ले भएको एप्पलको पहिलो आईफोन प्रो म्याक्स हो। दुबै फोन ए१८ प्रो चिपसेटको साथ आउनेछ जुन ३एमएम(3nm) प्राेसेसमा डिजाइन गरिएको हो।

आईफोन १६ प्रो मोडलको साथै क्यामरामा परिवर्तनहरू गरिएको छ। फोनमा तीनवटा लेन्स छन्, जसमध्ये दुई ४८ मेगापिक्सलका छन्। तेस्रो लेन्स १२ मेगापिक्सलको छ जसमा ५ एक्स टेलिफोटो लेन्स पनि छ।

नयाँ आईफोनले ४के(4k) भिडियाेमा १२०एफपीएस(120fps) भिडियोहरू रेकर्ड गर्न सकिनेछ। यस बाहेक, प्रो मोडलमा नेक्स्ट जेनरेशन फोटोग्राफिक स्टाइल, स्पेसियल फोटो र भिडियोको लागि सपाेर्ट हुनेछ। यी फोनहरूसँगै नयाँ क्यामरा कन्ट्राे बटन पनि उपलब्ध हुनेछ।

कति रहेकाे छ मूल्य ?

आईफोन १६ को प्रारम्भिक मूल्य ७९९ डलर र आईफोन १६ प्लसको ८९९ डलर ताेकिएकाे छ । यसरी, नेपालमा आईफोन १६ को एक लाख ७ हजार भन्दा माथि हुने अनुमान गरिएकाे छ । यसैगरी, आईफोन १६ प्लसको प्रारम्भिक मूल्य एक लाख २० हजार भन्दा बढि पर्ने सम्भावना रहेकाे छ।

अर्काेतर्फ, आईफाेन १६ प्रोको प्रारम्भिक मूल्य ९९९ डलर र आईफोन १६ प्रो म्याक्सको प्रारम्भिक मूल्य एक हजार १९९ डलर निर्धारण गरिएकाे छ । यसरी, नेपालमा आईफाेन १६ प्रोको एक लाख ३४ हजार बढि रुपैयाँ र आईफोन १६ प्रो म्याक्सको करिब एक लाख ६१ हजार रुपैयाँ पर्ने अनुमान गरिएकाे छ ।

पुराना आईफोनका सिरिज बिक्रि नगरिने

अब एप्पलका आधिकारिक स्टोरहरूबाट आईफोन १५ प्रो र १५ प्रो म्याक्स किन्न नपाइने भएकाे छ । एप्पलले आईफोन १६ सिरिज लञ्च गरेसँगै आईफोन १५ प्रो र १५ प्रो म्याक्सको बिक्री बन्द गर्ने घाेषणा गरेकाे छ । गत राति एप्पल इभेन्टमा कम्पनीले पुराना मोडलहरूलाई निरन्तरता नदिने बताएकाे हाे ।

यसअघि, पनि एप्पलले नयाँ मोडल सार्वजनिक गर्दा पुरानो मोडल बन्द गर्ने गरेकाे थियाे तर पछिल्ला माेडलकाे बिक्रीमा नै राेक लगायएकेा याे पहिलाे पटक हाे ।एजेन्सी 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...