back

गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ई-कमर्स ईसुगनले सुरु गर्यो सेवा

काठमाडौं । इलेक्ट्रोनिक सामानहरूको प्रमुख ई–कमर्स प्लेटफर्मका रूपमा ईसगुन डटकमले आफ्नो सेवा सुरु गरेको छ ।नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न शीर्ष ब्रान्डको उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ईसगुन सुरु भएको हो ।

आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै इलेक्ट्रोनिक्स सामाग्रीहरुमा नविनतम प्रविधिको खोजी गर्ने प्रविधी प्रेमीहरूको विश्वासनीय गन्तव्य बन्ने लक्ष्य राखेको छ । यस्तै ती उपभोक्ताको प्राथमिक गन्तव्य बन्ने लक्ष्य समेत राखेको कम्पनीले जानकारी दिएको छ ।

ईसगुनमा इयबड्स, स्मार्ट वाच, स्मार्ट फोनको कभर, चार्जर, लाईभ भिडियो शूट लगायत ईलेक्ट्रोनिक्स उपकरणहरू पाइन्छ । ईसगुनका सजेश बाडे भन्छन्, ‘नेपालको ई–कमर्स क्षेत्रमा ईसगुनले आज एक महत्वपूर्ण कोशेढुंगा पार गरेको सूचना प्रवाह गर्न पाउँदा हामी एकदमै उत्साहित छौं ।’ उनले ग्राहकहरूको गुणस्तरिय ईलेक्ट्रोनिक्सका सामाग्री तथा तीनका एक्सेसरिज सम्बन्धी सम्पूर्ण अपेक्षाहरू मात्र पूरा गर्नुका साथै सन्तुष्टी समेत सुनिश्चित गर्ने बताए ।

‘हामी सरल, सहज र प्रभावकारी किनमेल अनुभव प्रदान गर्न र नेपालमा इलेक्ट्रोनिक सामानहरूको गुणस्तरमा उत्कृष्टता ल्याउन प्रतिबद्ध छौं,’ उनले भने । प्रमुख कार्यकारी अधिकृत बाडेले नेपालमा इलेक्ट्रोनिक्स सामाग्री तथा तीनका एक्सेसरिजको अनलाइन किनमेल अनुभवलाई परिष्कृत गर्न कम्पनी तयार रहेको बताए । ‘असाधारण सुविधा र गुणस्तर प्रदान गर्ने उद्धेश्यसहित यस प्लेटफर्मको सुरुवातले बजारमा ठूलो प्रभाव पार्ने कुरामा हामी निश्चित छौं,’ उनले भने ।

 


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...