back

विद्युत बिक्री आम्दानी घटेपछि दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी बढ्यो

काठमाडौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ६० लाख रुपैयाँबाट घटेर ८ करोड ८ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ८ करोड ६१ लाख रुपैयाँबाट घटेर ८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ भने कुल नाफा ८ करोड १८ लाख रुपैयाँबाट घटेर ७ करोड ३६ लाख रुपैयाँमा झरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७ रुपैयाँ ८२ पैसा रहेको छ।

२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २९ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०५

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ साउन १९ मंगलवार ११:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १८ सोमवार ११:१६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...