back

विद्युत बिक्री आम्दानी घटेपछि दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी बढ्यो

काठमाडौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ३ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ६० लाख रुपैयाँबाट घटेर ८ करोड ८ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ८ करोड ६१ लाख रुपैयाँबाट घटेर ८ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ भने कुल नाफा ८ करोड १८ लाख रुपैयाँबाट घटेर ७ करोड ३६ लाख रुपैयाँमा झरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७ रुपैयाँ ८२ पैसा रहेको छ।

२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २९ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।


विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

वि.सं.२०८२ जेठ १ बिहीवार २१:०६

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह...

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

वि.सं.२०८२ जेठ १ बिहीवार १७:५४

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र...

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा...