सामसङ इलेक्ट्रोनिक्सको नयाँ अफर, ४१ प्रतिशत क्यासब्याक
वि.सं.२०७९ चैत २३ बिहीवार
काठमाडौं । नेपालको सबै भन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँवर्ष २०८० को अवसरमा विभिन्न अफरहरु ल्याएको छ ।
सामसङका इलेक्ट्रोनिक उत्पादनहरू टिभी देखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको हो ।
यस अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । नयाँ वर्षको अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशत सम्म क्यासब्याक दिएको छ । कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ ।
साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन् ।
सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्छ । यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ ।
सामसङको स्मार्ट टिभीले तपाईलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ। एक वर्षको पूर्ण उत्पादनवारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ ।
यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छा घरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन् । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नुहुन्छ जुन७०० लिटर क्षमता सम्मको छ । यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागिउपलब्ध छन्। यसमा २५ प्रतिशत सम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ ।
ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंगमशीनमा पर्सन लाइज्दलन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशत सम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ । साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविधा आउँछ ।
यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वरेन्टी प्रदान गर्दै छ ।
सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ । जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि (भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर – भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रदान गरेको छ ।
प्रकाशित समय : १०:१८ बजे






















