चीनले गर्यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग सम्बन्धित फोटाहरूको विशेष प्रदर्शनी आयोजना गरिएको छ। सो स्टेशन पृथ्वीभन्दा करिब चार सय किलोमिटरको उचाइमा रहेको छ ।
अन्तरिक्ष यात्री फेइ जुनलङ, देङ छिङमिङ र झाङ लुले खिचेका २१ वटा तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्।
पर्दर्शनीमा राखिएका फोटाहरू नोभेम्बर २०२१ मा सुरु भएको ‘ग्लोबल लेन्स अन टियाङगोङ’ नामक परियोजनामा विभिन्न स्रोतहरूबाट सङ्कलन गरिएका लगायतका छन्।
यस परियोजनाले पेशेवर फोटोग्राफरहरू, खगोल विज्ञानमा जिज्ञासा राख्नेहरू र युवाहरूको व्यापक ध्यानाकर्षण गरेको छ ।
तियाङगोङ अन्तरिक्ष स्टेशनमा प्रदर्शित तस्वीरहरू गत वर्ष नोभेम्बर २९ मा शेन्झाउ-१५ मिसनसँगै प्रक्षेपण गरिएको थियो।
शेन्झाउ-१५ मिसनले अन्तरिक्ष स्टेशन निर्माणलाई अन्तिम चरण दिने र यसको प्रयोग र विकासको कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ। रासस

प्रकाशित समय : ०९:३४ बजे