back

पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्री पौडेलको निर्देशनः राजस्व परिचानलमा कडाइ

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन् ।

नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शिर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शिर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उहाँले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

यस्तै पुँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि निर्देशन दिए ।

असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशिघ्र असुल उपर गर्न निर्देशन दिँदै उहाँले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पुरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनाहरुलाई प्राथमकता दिन आग्रह समेत गरे ।

राजस्व परिचालनमा रहेका बेथितिको श्रृंखलाहरु टुटाउन गृहप्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उनले राजस्व परिचालनलाई प्रभावकारी बनाउनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालयहरुका सचिवलाई निर्देशन दिए ।

वैदेशिक स्रोत परिचालनमा पनि कमजोरीहरु रहेको बताउँदै उनले अनुदान र ऋण परिचालनका लागि अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसमा तदारुकता लिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए ।

यस्तै वैदेशिक सहयोगलाई परिणाममुखी र उपलब्धिमुलक बनाउन प्राप्त सहयोगलाई उत्पादनशिल क्षेत्रमा लगानी हुने गरी नीति तथा कार्यक्रम समावेश गर्न पनि निर्देशन दिए ।

अर्थमन्त्रालयका सचिव तोयम रायाले मितव्ययिता र खर्च कटौती सम्बन्धी कार्य अर्थमन्त्रालयले सुरु गरिसकेको र अन्य मन्त्रालले समेत कार्यान्वयन गर्ने अपेक्षा गर्दै नियमित प्रकृतिका काममा थप बजेट नमाग्न आग्रह गरे ।

राजस्व सचिव डा.रामप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रणमा सबै निकायले सहयोग गर्न, राजस्व छुट माग गर्ने विषयमा गम्भिर हुन तथा गैरकर राजस्व संकलनमा सकृयताको लागि अनुरोध गरे ।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्व ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको जानकारी दिए ।

उनले पूँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको र चालुतर्फ ५ खर्ब ९४ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।

यस्तै वित्तियतर्फ १ खर्ब ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ ।

 


Kageshwori manohara
राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

वि.सं.२०८० मंसिर १२ मंगलवार २१:०८

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई...

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

वि.सं.२०८० मंसिर १० आइतवार १७:५४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म...

नेपाल विद्युत प्राधिकरणले  गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

नेपाल विद्युत प्राधिकरणले गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

वि.सं.२०८० मंसिर ७ बिहीवार १८:१९

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को...

सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

वि.सं.२०८० मंसिर ७ बिहीवार १७:१८

काठमाडौं । सरकारले सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार...

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

वि.सं.२०८० मंसिर ६ बुधवार १४:३९

काठमाडौँ । विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै...