back

नमस्ते पे ले नेपालभर स्मार्ट क्यूआर सेवा सुरु

nactional life

काठमाडौँ । नमस्ते पे ले नेपालका सबै स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआर आधारित भुक्तानी सेवाहरू सुरु गरेको छ ।

यी सबैको साथ, नमस्ते पे प्रयोगकर्ताहरूले अब स्क्यान एण्ड पे सुविधा प्रयोग गर्न सक्छन् र स्मार्ट च्वाइस टेक्नोलोजीद्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने आउटलेटमा क्यूआर आधारित भुक्तानीहरू गर्न सक्छन् ।

स्मार्ट पे क्यूआर मा हाल नेपालभर १ लाख ६० हजार व्यापारीहरूको नेटवर्क छ ।

यसैका साथ, नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत ( रु ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क संचालक, स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक, नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन्

नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेड नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कंम्पनी लिमिटेड र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेडमा ग्रामीण क्षेत्रको पहुँच देखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्न समर्पित छ, आधुनिक सेवाहरू प्रदान गरेर बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र होइन तर बैंकविहीन जनतालाई पनि उपलब्ध गराउनको उद्देश्यले रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

सुनको मूल्य स्थिर, चाँदी घट्यो

सुनको मूल्य स्थिर, चाँदी घट्यो

वि.सं.२०८३ जेठ २० बुधवार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ...

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

वि.सं.२०८३ जेठ २० बुधवार ११:२७

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत...

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

वि.सं.२०८३ जेठ १८ सोमवार १७:०३

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय,...

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...