back
himalayan life

काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य

काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबिच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको हो ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले, ‘काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ ।
वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।’

भण्डारी आफैं पनि युवा उद्यमी हुनु भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने विश्वास राख्नुहुन्छ । काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर सङ्कलन गर्नु पर्नेहुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।

सामाजिक कार्यकर्ता केपी खनालले, ‘यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु । एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ’ ।

यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुदै आएको छ र यो वर्ष काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने उद्धेश्य लिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...