back

भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच म्याजिक थ्रीएस र ट्यांक एम १ नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ ।

कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो । कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु भित्र्याएको हो । यी दुबै स्मार्टवाचहरु नेपालभर उपलब्ध भईसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन् ।

कस्पेट म्याजिक थ्रीएस

म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनैपनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ ।

यो स्मार्टवाचमा १.६९ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एक पटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन सकिन्छ ।

कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुबिधा समेत रहेको छ ।

स्मार्टवाच आईपी६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लूटूथमार्फत तपाईँले आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सक्नुहुनेछ ।

कस्पेट ट्यांक एम १

यो स्मार्टवाच स्पोर्टीलुक मनपराउने प्रयोगकर्ताहरुका लागि ध्यानमा राखेर ल्याईएको हो । कस्पेट ट्यांक एम १ मा १.७२ इन्चको ठूलो टिएफटी डिस्प्ले साइज राखिएको छ । यसमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको छ जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

ट्यांक एम १ स्मार्टवाचमा २० ओटा फरक स्पोर्टस मोडहरु छन भने यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ ।

स्मार्टवाच ५ मिटरसम्म पानीमा पर्दा पनि केहि नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको छ भने ५० ओटा वाच फेसेज, कल रिमाइन्डर छ ।

आउटडोरको लागि निकै उपयुक्त यो कस्पेट ट्यांक एम१ डस्टप्रुफ र शकप्रुफ रहेको छ । यो विशेषगरी यात्रा गरिरहन मन पराउने र ट्रेकिङ्ग जानेहरुको लागि उत्कृष्ट रोजाई हुनसक्नेछ ।

नेपाली बजारमा कस्पेटका स्मार्टवाचहरु बिक्री गर्दै आएको क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले यी युरोपियन ब्राण्डका स्मार्टवाचहरु नेपालमा पहिलो पटक आएका र यसले ग्राहकहरुलाई सन्तुष्ट पार्दै आएको बताए ।

‘हामीले कस्पेटका स्मार्टवाचहरु पहिलेदेखि नै बेचिरहेका छौं । अहिले नेपालमा पहिलो पटक कल गर्न मिल्ने सुबिधासहितको स्मार्टवाच भित्र्याएका छौं । यी सबै युरोपेली मापदण्डका स्मार्टवाचहरु नेपाली प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर ल्याईएको हो’, क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले भने ।

कम्पनीले नेपाली बजारमा कस्पेटका सम्पूर्ण स्मार्टवाचहरुमा १२ महिनाको वारेन्टी दिएको छ । बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य ७ हजार ४९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य ७ हजार १९९ रुपैयाँ तोकेको छ । यी स्मार्टवाचहरु नेपालभर उपलब्ध रहेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १७:३९

काठमाडौं । नेपाल एओटीएस एलुम्नाइ समाजका अध्यक्ष किशोरभक्त माथेमाले नेपाल–जापान...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४२

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...