back

आफ्नो पहिचानसहितको आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक,लोगोमा के के छ ?

स्याङ्जा- स्याङ्जाको आँधीखोला गाउँपालिकाले आफ्नो पहिचानसहितको प्रतीक चिह्न सार्वजनिक गरेको छ । पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरेका छन् ।

गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने क्षेत्र तथा सम्पदाहरुलाई लोगोभित्र अङ्कित गरेको पौड्यालले जानकारी दिए । गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

 

तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ ।

दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताए ।

श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ । कृषि क्षेत्रसँगै लैङ्गिक समानता, एकता, समन्वय र सहकार्यलाई झल्काउन खोजिएको गाउँपालिकाले जनाएको छ ।

 


नवौं भक्तपुर महोत्सवः स्थानिय उत्पादन, पर्यटनको आधार

नवौं भक्तपुर महोत्सवः स्थानिय उत्पादन, पर्यटनको आधार

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२१

भक्तपुर। ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’...

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन १८ वडाअध्यक्षहरूको माग

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन १८ वडाअध्यक्षहरूको माग

वि.सं.२०८१ चैत १० आइतवार १७:१०

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको...

प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

वि.सं.२०८१ चैत ८ शुक्रवार १६:३५

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका...

काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:२५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको...

६ नगरपालिका उत्कृष्ट घोषित

६ नगरपालिका उत्कृष्ट घोषित

वि.सं.२०८१ चैत ७ बिहीवार १८:५०

काठमाडौं । विभिन्न ६ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा घोषित...

मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सेवाग्राहीलाई सास्ती

मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सेवाग्राहीलाई सास्ती

वि.सं.२०८१ चैत ५ मंगलवार १२:३९

मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र दुई गाउँपालिका...