back

नेप्सेमा दोहोरो अंकको वृद्धिः निफ्रा र चन्द्रगिरीको सेयरमूल्य भने उकालो लाग्न सकेन

काठमाडौँ । आज शेयर बजार मापक नेप्से परिसूचक २५ दशमलव ८३ अंकले बढेर २,६११ दशमलव ११ को विन्दु पुगेको छ । दिनभर कारोबारमा आएका २१७ कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता सेयरको ५० हजार ६ सय ७३ पटकको कारोबारमा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो दिन होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । ट्रेडिङ उपसूचक ३ दशमलव ४८ प्रतिशतले बढेको छ, जुन अरु उपसूचक भन्दा बढी हो ।

हुँदा एनसीसी बैंकको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी हिमालयन पार्टनर पावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १६ करोड ६४ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोपावर कम्पनी र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।

यसरी आईपीओ निष्काशनबाट बजारमा धेरै चर्चा पाएका नेफ्रा र चन्द्रगिरी हिल्स दुवै कम्पनीको मूल्य भने केही दिन यता लगातार घटेको छ । आज चन्द्रगिरि हिल्स २५ अंकले घटेको छ घटेर सेयर मूल्य १ हजार ९ सय दुई रुपैयाँमा कायम भई कारोबार बन्द भएको छ ।

त्यसरी नै कारोबार रकमको आधारमा शिर्षस्थानबाट सातौँ स्थानमा रहेको निफ्रा आज तीन अंकले घटेको छ । कुनै दिन ६ सय माथि पुगेको निफ्राको सेयर मूल्य आज ५ सय ४२ मा कायम भएको छ ।


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

वि.सं.२०८० साउन २४ बुधवार १६:३८

काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५...