back

कात्तिकसम्म निर्जीवन बीमकले संकलन गरे १५ अर्ब बढी बीमा शुल्क, कुनले कति गरे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ८४ करोड ८२ लाख कुल बीमा शुल्क संकलन गरेको हो । कम्पनीहरुले ९ लाख ३ हजार ९८ वटा बीमा पोलिसी बिक्री गरेर १५ अर्ब बीमा शुल्क संकलन गरेका हुन् ।

कात्तिकसम्ममा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड बीमा शुलक संकलन गरेका हुन् ।

यस्तै, चालु आर्थिक वर्षको ४ महिनामा एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब १४ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ ।

साथै, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९२ करोड ४० लाख, नेपाल इन्स्योरेन्स कम्पनीले ८६ करोड ६२ लाख, प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख र राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख बीमाशुल्क संकलन गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...