back
skip this gaugauma singhadarbar

जीवन बीमा कम्पनीहरुले कमाए झण्डै २ अर्ब नाफा, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा करिब २ अर्ब नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार १ अर्ब ९७ करोड २४ लाख ५४ हजार नाफा आर्जन गरेका हुन् ।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार नाफा आर्जन गरेका थिए । असोजसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २५ करोड ८५ लाख नाफा आर्जन गरेको हो । यस्तै, धेरै नाफा कमाउनेको दोस्रोमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले २३ करोड ९२ लाख नाफा आर्जन गरेको हो ।

त्यस्तै, तेस्रो धेरै नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ । असोजसम्ममा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, असोज मसान्तसम्ममा आइएमई लाइफले १५ करोड ८३ लाख, एसियन लाइफले १५ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले १४ करोड ९६ लाख, नेशनल लाइफले १४ करोड ८ लाख नाफा आर्जन गरेका छन् ।

यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले १३ करोड १४ लाख, सुर्यज्योति लाइफले १२ करोड ८० लाख, हिमालयन लाइफ १२ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १० करोड ८३ लाख, मेट लाइफले ९ करोड ७१ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १२ लाख १२ हजार नाफा कमाएका छन् ।

gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

वि.सं.२०८२ मंसिर १७ बुधवार १४:४६

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा...

कात्तिकसम्म निर्जीवन बीमकले संकलन गरे १५ अर्ब बढी बीमा शुल्क, कुनले कति गरे ?

कात्तिकसम्म निर्जीवन बीमकले संकलन गरे १५ अर्ब बढी बीमा शुल्क, कुनले कति गरे ?

वि.सं.२०८२ मंसिर १६ मंगलवार ११:४५

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा निर्जीवन...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८२ मंसिर १५ सोमवार १०:५८

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन...

प्रभु बैंकका सीईओ शेरचन ,डीसीईओ पोखरेल र अन्य केही कर्मचारीहरु पक्राउ

प्रभु बैंकका सीईओ शेरचन ,डीसीईओ पोखरेल र अन्य केही कर्मचारीहरु पक्राउ

वि.सं.२०८२ मंसिर १४ आइतवार १७:११

काठमाडौं । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम...

प्रभु बैंकका सीईओ अशाेक शेरचन पक्राउ

प्रभु बैंकका सीईओ अशाेक शेरचन पक्राउ

वि.सं.२०८२ मंसिर १४ आइतवार १७:०१

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख...

आईएमई लाइफका बीमित र अभिकर्तालाई नेपालगञ्जको कान्ति आरोग्य अस्पतालमा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफका बीमित र अभिकर्तालाई नेपालगञ्जको कान्ति आरोग्य अस्पतालमा ५० प्रतिशतसम्म छुट

वि.सं.२०८२ मंसिर १४ आइतवार ११:१७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले...