back
himalayan life

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत  COST OF FUND भएको विकास बैंक बन्न सफल भएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्रमसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ जस अनुसार बैंकको आधार दर चैत्र मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।

 

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषका तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजीकोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।

हालै ग्राहकहरुलाई अत्याधुनिक,सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ भने आगामी दिनहरुमा बैंकले आफ्ना वित्तीय सेवाहरुलाई थप प्रविधि मैत्री बनाउँदै जाने समेत बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...