back

एलआईसी नेपालले घोषणा गर्यो बोनसदर, ‘जीवन सरल’ योजनाअन्तर्गत थप लोयल्टीको व्यवस्था

nactional life

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि एलआईसी नेपालले आर्थिक वर्ष २०८०/८१ को नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले चैत १७ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ ।कम्पनीले जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ बोनस तोकेको छ ।

कम्पनीले सावाधिक बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ देखि ३४ वर्ष अवधिको ६१ रुपैयाँ, ३५ देखि ४४ वर्ष अवधिको ६३ रुपैयाँ र ४५ वर्षदेखि माथिको ६५ रुपैयाँ बोनसदर तोकेको छ ।

यस्तै, जीवन आन्नद बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसद तोकेको छ ।

यस्तै, बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने जनाएको छ ।

यस्तै, धन वृष्टि योजनामा कम्पनीले १० वर्ष अवधिको ५५ रुपैयाँ र १५ वर्ष अवधिको ५७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, धन फिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । बाल ममता र बाल स्नेह योजनामा कम्पनीले १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर प्रदान गर्नेछ । जीवन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ र २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ ।

जीवन बचत योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६३ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

यस्तै, जीवन लाभ योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५१ रुपैयाँ, १५ वर्ष अवधिको प्रतिहजार ५३ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ बोनसदर प्रदान गर्नेछ ।

यस्तै, बाल समृद्धि योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र लघु सावधिक योजनाको सबैमा ४१ रुपैयाँ तोकेको छ ।

साथै कम्पनीले ‘जीवन सरल’ योजनाअन्तर्गत थप लोयल्टीको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ५ हजार रुपैयाँसम्म बीमा शुल्कमा २५५ रुपैयाँ, ५ हजारदेखि २० हजार रुपैयाँ बीमा शुल्कसम्म ३१० रुपैयाँ, २० हजार १ देखि ५० हजार रुपैयाँ बीमा शुल्कसम्म ३६५ रुपैयाँ र ५० हजार १ र सोभन्दा माथि बीमा शुल्कमा ४०५ रुपैयाँ लोयल्टी पाउनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...