नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल–फ्री सुविधा
वि.सं.२०८१ पुस ५ शुक्रवार
काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ ।
बैंकले ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस्तो सुविधा सुरु गरेको हो ।
अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।
बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल–फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।
यस सेवाका मुख्य विशेषताहरूः
–निःशुल्क सम्पर्कः ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
–२४(७ सेवा उपलब्धताः टोल–फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ।
–दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।
–विविध च्यानल पहुँचः ग्राहकले टोल–फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।
ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो । बैंकले टोल–फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । बैंकले आफ्ना सम्पूणर् ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित समय : १२:३६ बजे






















