back
skip this gaugauma singhadarbar

ज्योति विकास बैंकका ग्राहकलाई जङ्गल भिला रिसोर्ट मा १५ प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई जङ्गल भ्यालि रिसोटू मा १५५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।


नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८२ भदौ २५ बुधवार १३:१६

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै...

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

वि.सं.२०८२ भदौ २५ बुधवार १२:४६

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका...

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१२

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै...

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

वि.सं.२०८२ भदौ १७ मंगलवार ११:४९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा...