कर्णाली केयर इन्टरनेशनल हस्पिटलमा प्राइम बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट
वि.सं.२०८१ जेठ २० आइतवार
सुर्खेत । प्राइम कमर्सियल बैंक र वीरेन्द्रनगर–४ सुर्खेत स्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिबीच शुक्रबार छुट सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैङ्कका वीरेन्द्रनगर शाखाका शाखा प्रबन्धक लोकराज शर्मा र कर्णाली केयरको तर्फबाट अस्पतालका सञ्चालक दिपक कुमार गौतमविच हस्ताक्षर भएको छ ।
बैंकका कर्मचारी र ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको भएको हो । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई कर्णाली केयर अस्पतालले प्याथोलोजी ल्याब, सिटी स्क्यान, एक्सरे, यूएसजी, इको÷इसीजी, इन्डोस्कोपी, जनरल बेड,आइसीयू/एनआइसीयू, पोष्टअप, डीएफएफओजी,अपरेशन, एम्बुलेन्स, डेन्टल, फिजियोथेरापी लगायतका सेवामा १० प्रतिशत छुट पाउने छन् ।
प्राइम कमर्सियल बैंक वीरेन्द्रनगर शाखाका कर्जा अधिकृत खेमराज जैसीका अनुसार फार्मेसीमा ५ प्रतिशत छुट, नर्मल र डिलक्स क्याविन मा क्रमशः २० र ३० प्रतिशत छुट, मेजर अपरेशनमा १५ प्रतिशत छुट र होल बडी प्याकेजमा २५ देखि ३५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।उक्त कार्यक्रममा बैङ्कका तर्फबाट शाखा प्रबन्धक लोकराज शर्मा र कर्मचारीहरु खेमराज जैसी र टिकाराम न्यौपाने तथा अस्पतालका तर्फबाट अस्पतालका सञ्चालक दिपक कुमार गौतम, डँक्टर रुपक कडेल र कर्मचारी प्रशान्त चपाईको उपस्थित रहेको थियो ।
ग्राहकहरुले प्राईम कमर्सियल बैङ्कको मोबाईल बैङ्किङ एप्स, डेबिट कार्ड र क्रेडिट कार्ड बाट भुक्तानी गर्दा उक्त सुविधाहरु पाउनेछन भने बैङ्कका कर्मचारीहरुले आफ्नो परिचयपत्र देखाइ सुविधा प्राप्त गर्न सक्नेछन । हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १०:३७ बजे





















