back
nactional

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि इन्स्योरेन्सले ३ वर्ष सम्म प्रति वर्ष २५ लाखका दरले ७५ लाख वित्तिय सहयोग उपलव्ध गराउने भएको हो ।

उक्त सहयोग सम्बन्धी सम्झौता पत्रमा कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले हस्ताक्षर गरेका हुन् ।

सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख को चेक पनि सो संस्थालाई हस्तान्तरण गरेका हुन् ।

समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गरे र अस्पताल संचालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको खत्रीले बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...