back
himalayan life

कर्मचारीहरुका लागि बैंकहरुले खर्चिए १३ अर्ब : बोनस मात्रै ३ अर्ब, कुन बैंकले कति दियो ?(विवरणसहित)

काठमाडौं । २६ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि १३ अर्ब रुपैयाँ खर्चिएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि १२ अर्ब ९९ करोड २९ लाख ७५ हजार रुपैयाँ खर्चिएका हुन् ।

चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले कर्मचारीहरुको बोनसका लागि भने २ अर्ब ९५ करोड ७२ लाख ५२ हजार छुट्याएका छन् । चालु आवको तीन महिनामा बैंकहरुले कर्मचारीहरुको बोनसका लागि ३ प्रतिशतदेखि ५७ प्रतिशतसम्म छुट्याएका हुन् ।

बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । सोही अनुसार नै बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै एनआईसी एशिया बैंकले कर्मचारीहरुका लागि खर्च गरेको छ । बैंकले तीन महिनामा कर्मचारीहरुका लागि ९५ करोड १७ लाख ६७ हजार रुपैयाँ खर्चिएको छ । उक्त अवधिमा बैंकले कर्मचारी बोनसका लागि भने २७ करोड ८८ लाख ५४ हजार रुपैयाँ छुटएको हो ।

चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले भने कर्मचारीहरुका लागि ७७ करोड ३६ लाख ४५ हजार खर्चिएको छ । बैंकले बोनसका लागि भने १९ करोड ७८ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ ।

कर्मचारीहरुको लागि धेरै खर्च गर्नेको तेस्रो स्थानमा कृषि विकास बैंक रहेको छ । बैंकले तीनमा कर्मचारीहरुका लागि ८५ करोड ८ लख ७३ हजार रुपैयाँ खर्च गरेको छ । बैंकले उक्त अवधिमा बोनस भने २ करोड ७४ लाख ६२ हजार छुट्याएको देखिएको छ ।

उक्त अवधिमा नेपाल बैंकले ७८ करोड ८२ लाख १७ हजार रुपैयाँ कर्मचारीहरुका लागि खर्च गरेको छ भने बोनसका लागि ८ करोड ८३ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ ।

ग्लोबल आइएमई बैंकले चालु आवको पहिलो त्रैमासमा ७५ करोड ४३ लाख ७३ हजार रुपैयाँ खर्चिएको छ । बैंकले कर्मचारीहरुको बोनसका लागि भने १८ करोड ७४ लाख ५५ हजार रुपैयाँ छुट्याएको छ ।

यस्तै, प्रभु बैंकले पनि ७३ करोड ५ लाख ९९ हजार रुपैयाँ कर्मचारीका लागि खर्च र बोनसका लागि भने ११ करोड २९ लाख २ हजार रुपैयाँ छुट्याएको छ ।

चालु आवको तीन महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले कर्मचारी खर्चका लागि सबैभन्दा कम खर्चिएको छ । उक्त अवधिमा बैंकले कर्मचारीहरुका लागि २२ करोड ३५ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ भने बोनसका लागि १२ करोड ८७ लाख ९३ हजार रुपैयाँ छुट्याएको छ ।

यस्तै, असोज मसान्तसम्ममा माछापुच्छ्रे बैंकले कर्मचारीहरुका लागि ६१ करोड २९ लाख २ हजार खर्च गरेको छ भने बोनसका लागि ७ करोड १६ लाख १६ हजार रुपैयाँ छुट्याएको छ ।

त्यसैगरि नबिल बैंकले कर्मचारीहरुका लागि ५७ करोड २८ लाख ४८ हजार खर्च र बोनसका लागि २४ करोड ९४ लाख ४६ हजार, कुमारी बैंकले कर्मचारीका लागि ५६ करोड १५ लाख २४ हजार रुपैयाँ खर्चिएको छ भने बोनसका लागि १५ करोड ८९ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ ।

यता, एनएमबि बैंकले भने कर्मचारीहरुका लागि ५२ करोड ५२ लाख ५१ हजार रुपैयाँ, सनराइज बैंकले ४८ करोड ६१ लाख ९ हजार, मेगा बैंकले ४५ करोड ९१ लाख ८१ हजार, एभरेष्ट बैंकले ४५ करोड ८३ लाख ३० हजार, सिटिजन्सले ३९ करोड ६५ लाख ३४ हजार रुपैयाँ खर्चिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...