राष्ट्रिय वाणिज्य बैंकले परिमार्जन गर्यो नयाँ ब्याजदर
वि.सं.२०७९ असोज ७ शुक्रवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फेरि ब्याजदर प्रकाशित गरेको छ । बैंकले असोज १ गते प्रकाशित गरेको ब्याजदरमा परिमार्जन गरि सार्वजनिक गरेको हो ।
परिमार्जित ब्याजदर अनुसार बैंकले गतसाता प्रकाशित ब्यादरमा बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ ।मुद्दति निक्षेपमा भने बैंकले १०.१३३ प्रतिशतदेखि १३.१३३ प्रतिशतसम्म ब्याजदर तोकेको हो ।
यसअिघ बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको थियो ।
प्रकाशित समय : १०:३७ बजे





















