back

पोखरेललाई डेपुटी दिएर सिभिल बैंक अक्वायर गर्दै हिमालयन बैंकः आज एमओयू हुने, केके भयो सहमति?

nactional life

काठमाडौं । झण्डै २ वर्ष अघि सिभिल बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङले एक पत्रकार सम्मेलनमा हामी प्रतिष्ठित ठहरिएको कुनै बाणिज्य बैंकसंग मर्जरको सन्देश शुनाउने बताएका थिए ।

तामाङ आफै बैंकिङ कसुरमा परेर अहिले कारागारमा छन् भने उनकै सोच अनुसार लामो छलफल पछि सिभिल बैंकले मर्जर त्यै बेला भनेको प्रतिष्ठित हिमालयन बैंकसंग गर्न आज शुक्रबार एमओयू गर्ने भएको छ ।

२ वर्ष अघि २५ रुपैयाँमा अक्वायर गर्न चाहेको हिमालयन बैंकले अहिले ८१ रुपैयाँमा राजी भएको छ । समयले कोल्टे फेरेपछि सिभिल बैंकका लगानीकर्ता मालामाल हुने भएका छन् ।

सिभिल बैंकले २ वर्षमा आफ्नो वार्गेनिङ बढाएर ३५ रुपैयाँबाट ८१ रुपैयाँमा पुर्याउन सफल भएको छ ।

हिमालयन बैंकका सीईओ अशोक राणा १ महिना लामो विदेश बसाइका कारण थाती बसेको मर्जरको गती राणा फर्केको १ सातामै टुङ्गोमा पुगेको हो । स्वाम मंगलबार साँझ फाइनल भएको र कर्मचारी समायोजनका कुरामा केही बाँकी रहेको सिभिल बैंक स्रोतले बताएको छ । केही प्रविधिक कुरा टुङ्ग्याएर शुक्रबार ३ बजे दुई बैंकको एमओयू हुनेछ ।

मर्जर प्रश्चात सिभिल बैंकका कोही संचालक रहने छैनन् भने कर्मचारी समायोजन सम्मानजनक रुपमा गर्ने सहमती भएको छ । आफ्नो पार्टरसंग मर्जर टुलेको नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई ९० रुपैयाँमा मर्ज गर्ने सहमती गरेपछि सिभिल बैंकले पनि हिमालयनसँग ८५ रुपैँया स्वाप मागेका थियो । अन्तमा बैंकको नाम संचालक समिति केही पनि नलिने सर्तमा सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयनको ८१ कित्ता हुनेगरी एमओयू हुन लागेको हो ।

मर्जर प्रश्चात राणा सीईओमा निरन्तर रहनेछन् भने सिभिल बैंकका सीईओ रहेका शुनिल पोखरेल मर्जर प्रश्चात डेपुटी सीईओ रहने सहमती भएको छ । हिमालयन बैंकमा सीईओ अशोक राणा रहेका छन् भने जिएमद्वय उज्ज्वल राजभण्डारी र अनुप मास्के रहेका छन् । मर्जर प्रश्चात पोखरेल डिसीईओ बन्ने पक्का भए पनि अन्य कर्मचारी कसरी समायोजन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

हिमालयन बैंकमा ३ एजिएम रहेका छन् । विपिन हाडा, सुनिल गोर्खाली र सतिसराज जोशी रहेका छन् भने सिभिल बैंकमा सीईओ पोखरेल डेपुटी सीईओमा पदोन्नती भएको सचिनजंग रायमाझी र चिफ क्रेडिटमा सुमन आचार्य रहेका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...