back
nactional

आधुनिक कृषिमा सहयोग पुग्ने हितुले एनएमबि बैंकले विन्ड पावर नेपालसँग समझदारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रालिबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ ।

हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ । उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।

एनएमबि बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ्ग गर्ने अग्रणी बैंकको नामले चिनिन्छ ।

यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पुयाउँदै आएको छ ।

बैंकले दिगो बैंकिङ्गमा अग्रणी बैंकको रूपमा आफुलाई थप सुदृढ गर्दै आइएफसि कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानी कार्यविधि, र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ को वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको...

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०६

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट...