back

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु उपलब्ध हुने व्यवस्था गरेको छ ।

साथै बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट, लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने छ । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंक सदैव अग्रसर रहिआएकोे छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

यसै सन्र्दभमा, नेपाल क्यिरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म २७ वटा वाणिज्य बैक, ५ वटा विकास बैंक, १२ वटा फाइनान्स कम्पनी तथा ८ वटा भुक्तानी सेवा प्रदायक संस्था गरी जम्मा ५२ संस्थाहरु आबद्ध गराई सकेको छ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्धमध्ये धेरैजसो संस्थाहरुले यस स्वीचअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरु कार्यान्वयन गरिसकेका छन् ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध रहेका छन् ।

 


ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...