back
himalayan life

निफ्राको नाफा नाफा १७.८६ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७.८६ प्रतिशत बढेर ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३८.०८ प्रतिशत बढेर १ अर्ब २९ करोड १३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९३ करोड ५२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा १८.७३ प्रतिशत बढेर ९९ करोड २० लाख ४३ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ५४ करोड ७१ लाख २९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब रुपैयाँ, जगेडा कोष ३४.७४ प्रतिशत घटेर १ अर्ब ४० करोड ५४ लाख ९१ हजार रुपैयाँ, निक्षेप २९.३२ प्रतिशत बढेर ४० करोड १ लाख ९२ हजार रुपैयाँ र कर्जा ६३.२७ प्रतिशत बढेर ८० करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ७३ पैसा घटेर ४ रुपैयाँ २९ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७३.७ गुणा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...