back

लाभांश बिना यूनियन लाइफको साधारण सभा आह्वान : मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने

nactional life

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको चैत्र २९ गते बसेको बैठकले चौथो वार्षिक साधारण सभा २०७९ बैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे बोलाएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले संचालक समितिको आर्थिक् बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७६–७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफार नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र सो सम्वन्धि अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७–७८ को लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक (कम्पनी ऐन बमोजिम वाहलवाला लेखापरीक्षक श्री एलएसपी एसोसिएट्स चाटर्ड एकाउन्टेण्टस् पूनः नियुक्ति हुन सक्नु हुने छैन) ।

निर्धारण गर्ने, संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सगृहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ संचालकको नियुक्तिको अनुमोदन गर्ने र प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तिको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोष संचालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबीच एक आपसमा मर्ज हुने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पर्ण प्रक्रियागत प्रकयाहरु अवलम्बन गरी मर्ज हने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको बिस्तृत लेखापरीक्षण (डिडिए) गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्ता) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र नियमावलीमा भएको संसोधनमा सम्बन्धित नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जन गर्नको लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संसोधन एवं परिमार्जन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक बर्ष २०७६–७७ मा भएको खर्चको अनुमोदन गर्ने छ ।

इन्स्योरेन्स कम्पनीले साधारणसभा प्रयोजनार्थ २०७९ बैशाख १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०७९ बैशाख १२ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:२६

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...