back

मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमा १० प्रतिशत छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लि. सँग एक कार्यक्रम बीच सम्झौता गरेको छ ।

बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख–बजारीकरण प्रबर्द्धधन तथा संस्थागत मामिला विभाग सन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रालिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा
रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नको लागि ग्राहकहरुले आजै बैंकको नजिकको शाखामा आवेदन दिन अनुरोध गरेको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

 


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:४८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...