back

ग्लोबल आइएमईको मोवाईल बैंकिङर्माफत भारत पे, पेटीएम र गुगल पेल जस्ता विभिन्न पे गर्न सकिने

क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने

nactional life

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआरमार्फत् भारत पे, पेटीएम र गुगल पेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने छ ।

उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारत पे, पेटीएम र गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले सदैव अग्रसर रहिआएकोे छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...