back

हिमालयन जनरल इन्स्योरेन्सको ७ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको सभा सोमबार केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा सम्पन्न भएको हो ।

इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन, चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै अन्य कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रयोजनको लागि अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने र संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

इन्स्योरेन्सको २८ औँ वार्षिक साधारण सभा संचालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको हो । सभामा हालको बीमा बजारलाई दृष्टिगत गर्दै कम्पनीको शाखा कार्यालयहरु तथा डिजिटल प्रविधिको थप विस्तार गरी एक अब्बल सेवा प्रदायक बन्ने उनले बताए ।

आर्थिक वर्ष २०७७–७८ मा खुद प्रिमियम तर्फ ६.४० प्रतिशत बृद्धि भएको छ भने बीमा कोष ५६ करोड १९ लाख रुपैयाँबाट बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेको छ । साथै रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाख बाट बढेर ८ करोड ३० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । इन्स्योरेन्सको सभाले बोनस शेयर पारित गरेपश्चात चुक्ता पुँजी १ अर्व १७ करोड रुपैयाँ पुगेको छ ।

 


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:१६

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा बैशाख ३० देखि आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १२:०८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:४८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...