back

नेपाली बजारमा : चीनको ‘ग्रेट वाल मोटर्स’का प्रिमियम एसयूभी र पिकअप गाडी

काठमाडौं । नेपाली बजारमा अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा आएको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्रमा आएको हो ।

ग्रेट वाल मोटर्सले तीन गाडीहरुबाट नेपाली बजारमा आएको हो । जसमा एसयूभी वर्गमा तेस्रो जेनेरेशन हाभल एच६(3rd Gen HAVAL H6) र हाभल जलियन(HAVAL JOLION​)छ भने पिकअप वर्षमा पोयर(POER​) रहेको छ ।

दुवै मोडलहरुको लुक, इन्टेरियर स्पेस, ओभरअल पर्फर्मेन्स, इन्टेलिजेन्स र सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको कम्पनीले जनाएको छ ।

भी.जी. इम्पेक्स ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको छ । तीन नयाँ मोडलहरु हाभल एच६, हाभल जलियन, पिकअप पोयरका साथ बजार प्रवेश गरेको कम्पनीले ग्रेट वाल मोटर्सका प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्येनजर गर्दै चाडै नै भर्चुअल कार सोकेस होस्ट गर्ने भएको छ ।

ग्रेट वाल मोटर्सको शोरुम काठमाडौंको थापाथलीमा रहेको छ । ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपाल भरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको भी.जी. इम्पेक्सले जनाएको छ ।

निकट भविष्यमा ग्रेट वाल मोटर्सले नयाँ जेनेरेशनको इलेक्ट्रिक कार ओरा आर१ नेपाली बजारमा ल्याउने योजना बनाएको छ । साथै कम्पनीले विङ्गल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ ।

ग्रेट वाल मोटर्स एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो ।

चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्छ।

२०७८ असार १६ गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...