back
himalayan life

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने उद्देश्यसहित सिजि मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘Maha Mela Exchange Carnival’ सुरु गरेको छ। जेठ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त कार्निभलमा विभिन्न प्रिमियम ईभी ब्रान्डका नयाँ मोडल, आकर्षक डाउन पेमेन्ट योजना तथा विशेष अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा लोकप्रिय गायक, संगीतकार तथा XPENG G6 का एन्डोर्सर कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै सिजि मोटर्सका Deputy CEO बिमल शाहलगायत कम्पनीका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कार्निभलका अवसरमा कम्पनीले Riddara Econ 4×4 र Upgraded King Long 16-Seater with 75.41 kWh Blade Battery मोडल अनावरण गरेको छ। नयाँ King Long 16-Seater मा ४०० किलोमिटरभन्दा बढी रेन्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्सलगायत विशेषता रहेको कम्पनीले जनाएको छ।

ग्राहकलाई लक्षित गर्दै DAYUN ईभीमा ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट सुविधा उपलब्ध गराइएको छ भने Riddara Econ 4×4 मा ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट योजना ल्याइएको छ। त्यसैगरी AION र XPENG ब्रान्डका सवारीमा १२ लाख रुपैयाँसम्मका बेनिफिट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन र आकर्षक फाइनान्स सुविधा उपलब्ध हुने बताइएको छ।

सिजि मोटर्सका अनुसार कार्यक्रम अवधिभर ग्राहकहरूले विभिन्न ईभी मोडल अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्ससम्बन्धी परामर्श लिन सक्नेछन्। कम्पनीले यो कार्निभललाई नेपालमा दिगो र वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने अभियानका रूपमा प्रस्तुत गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...