back

भक्तपुरमा लामिनारको दुई शोरुम सञ्चालनमा

काठमाडौं । नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरुमहरू सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत सञ्चालनमा आएका हुन् । लामिनारले आठ कलेक्सन अन्तर्गत ५५० भन्दा बढी डिजाइन सहित नेपालकै फराकिलो टायल संग्रह बजारमा उपलब्ध गराएको जनाएको छ ।
शोरुमहरूमा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने तथा अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन्।

मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट र प्रिमियम पोलिस सतहका टायलहरू यहाँ अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव प्रदान गर्छ । यस्तो सतह विशेषगरी लक्जरी भिला, होटल तथा बारका लागि उपयुक्त मानिन्छ ।

त्यस्तै, केही टायलहरूमा पीईआई–५ घर्षण प्रतिरोध, मोह्स ९ कठोरता तथा आर–१२ नचिप्लने सतह जस्ता विशेषताहरू समावेश गरिएका छन्, जसले बढी आवागमन हुने स्थानमा प्रयोग गर्न सहज बनाउँछ ।

समारोहमा बोल्दै सियाराम ग्रुपका निर्देशक हरिश जाजोडिया अग्रवालले लामिनारको प्रविधि, डिजाइन र गुणस्तरका कारण बजारमा विश्वास स्थापित भएको बताए। उनले नयाँ शोरुमले घरधनी, आर्किटेक्ट तथा डेभलपरहरूलाई टिकाउ टायल छनोट गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे ।

पञ्चदेवल सप्लायर्सका निर्देशक उपेन्द्र शाहीले लामिनारका मार्बल शैलीका डिजाइन र पानी नसोस्ने प्रविधिले लक्जरी इन्टेरियरका लागि आकर्षक विकल्प प्रस्तुत गरेको बताए । उनका अनुसार ग्राहकहरू अहिले सौन्दर्य र दीर्घकालीन टिकाउपन दुवैलाई प्राथमिकता दिन थालेका छन् ।

शोरुम उद्घाटन गर्दै लामिनारका निर्देशक अभिनव चुरीवालले कम्पनीको लक्ष्य नेपालमै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय सतहहरू उपलब्ध गराउनु रहेको बताए।

बर्दियास्थित उच्च क्षमतायुक्त उद्योगमा इटालीको ग्लेज र स्पेनको डिजिटल इन्क प्रविधि प्रयोग गरी उत्पादन भइरहेको उनले जानकारी दिए ।

शोरुम सञ्जाल विस्तारसँगै लामिनारले देशभर आफ्नो बजार उपस्थिति अझ सुदृढ बनाउँदै लगेको छ। नेपालमै उत्पादन गरिएका विश्वस्तरीय गुणस्तरका भिट्रिफाइड टायलहरू विभिन्न प्रयोगका लागि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२५

काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको नयाँ...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

वि.सं.२०८३ साउन १२ मंगलवार १८:०६

काठमाडौँ। नेपालमा सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट उत्सर्जन हुने धुवाँ...

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...