डेल्टा अटो कर्पद्वारा हट डिल्स योजना सार्वजनिक, भेस्पा र अप्रिलिया खरिद गर्दा ७,५०० छुट पाउने
वि.सं.२०८१ पुस २ मंगलवार
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरका आधिकारिक विक्रेता डेल्टा अटो कर्पले जाडो मौसमलाई न्यानो बनाउन हट डिल्स नामक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत, भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७,५०० छुट पाउनेछन् । यति मात्र नभई, ग्राहकले स्कूटरसँगै हुडी, स्कूटर कभर, हेलमेट, र कि रिंग समेत उपहारस्वरूप प्राप्त गर्नेछन् ।
डेल्टा अटो कर्पले ग्राहकहरूको सहजरूपमा स्कूटर खरिद गर्नका लागि तुरुन्त फाइनान्स उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै, पुरानो स्कूटरसँग नयाँको एक्सचेन्ज सुविधा पनि प्रदान गरेको छ।
डेल्टा अटो कर्पका अनुसार, यो योजना सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, त्यसैले ग्राहकहरूलाई यस अवसरलाई नगुमाउन आग्रह गरेको छ।
प्रकाशित समय : १४:५५ बजे






















