back

नयाँ बजाज पल्सर एन१२५ भारतमा सार्वजनिक, कति छ मूल्य , के छ फीचर्स ?

काठमाडौं । नयाँ बजाज पल्सर एन१२५ भारतीय बजारमा सार्वजनिक गरिएकाे छ । कम्पनीले यो बाइक दुई भेरियन्टमा उपलब्ध गराएकाे छ ।

यो पूर्णतया नयाँ मोटरसाइकल हो। यसको अर्थ इन्जिनदेखि डिजाइन र चेसिससम्म याे बाइकमा सबै नयाँ छन् । बजाज पल्सर एन १२५को लागि बुकिङ भारतमा सुरु भइसकेको छ र डेलिभरी चाँडै सुरु हुने कम्पनीले जनाएकाे छ।

याे बाइककाे मूल्य ९४ हजार ७०७ भारतीय रुपैयाँ (एक्स-शोरुम, दिल्ली)मा ताेकिएको छ। यसमा टप भेरियन्टको मूल्य ४ हजार भारूले बढी छ ।

इन्जिन पावर र गियरबक्स

बजाजले पल्सर एन १२५ मा पूर्णतया नयाँ इन्जिन जडान गरेको छ । यो १२४.५८ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ८,५०० आरपीएममा १२ बीएचपी पावर र ६,००० आरपीएममा ११ एनएमकाे टर्क जेनेरेट गर्छ। यसलाई पाँच-स्पीड गियरबक्ससँग जोडिएको छ।

लुक र डिजाइन

लुक र डिजाइनको कुरा गर्दा, यस बाइकको स्टाइल अघिल्लो बजाज पल्सरभन्दा फरक छ । नयाँ बजाज पल्सर एन१२५मा आक्रामक डिजाइन छ। जसमा माथि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलसँगै त्रिकोणीय एलईडी हेडल्याम्प, ट्याङ्क एक्सटेन्सन र भएको २-पीस सिट समावेश छन्। यसमा शार्प लाइन्स र कैयाैं फ्लोटिंग प्यानलहरू छन्। यस बाइककाे अगाडि भागमा धेरै हदसम्म भिजुअल अपील छ, तर टेल सेक्सन अगाडि भन्दा अलि पातलो छ।

फीचर्स

बजाजले यो बाइकलाई एलईडी डिस्क र एलईडी डिस्क बीटी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । बेस भेरियन्टमा साँघुरो रियर टायर, सानो एलसीडी र परम्परागत सेल्फ स्टार्टर छ। टप स्पेस बाइकमा बोल्ड कलर, ब्लुटुथ कनेक्टिभिटी भएको ठूलो एलसीडी, फराकिलो रियर टायर र साइलेन्ट स्टार्टका लागि इंटिग्रेटेड स्टार्टर जेनेरेटर वा आईएसजी छ। यसमा सकेसम्म धेरै इन्धन बचत गर्न स्विच गर्न मिल्ने अटो स्टार्टरस्टपकाे सुविधा पनि पाउन सकिनेछ।

ब्रेकिङ र सस्पेन्सन

शार्प बडीवर्कको मुनि नयाँ फ्रेम छ जसले इन्जिनलाई स्ट्रेस्ड मेम्बरका रूपमा प्रयोग गर्दछ। यसलाई टेलिस्कोपिक फोर्क र प्रिलोड एडजस्टेबल मोनोशकद्वारा सस्पेन्ड गरिएको छ। यो बाइक १७ इन्चको पाङ्ग्रामा चल्ने कम्पनीकाे भनाइ छ । यसैगरी, ब्रेकिङको लागि अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक उपलब्ध छ।

भारतीय बजारमा यसको सेग्मेन्टमा, बजाज पल्सर एन१२५ बाइकले टिभिएस राइडर १२५ र हिरो एक्स्ट्रिम १२५आर र अन्य धेरै मोटरसाइकलहरूसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएकाे छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०३

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी...

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२५

काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको नयाँ...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

वि.सं.२०८३ साउन १२ मंगलवार १८:०६

काठमाडौँ। नेपालमा सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट उत्सर्जन हुने धुवाँ...

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...