back

खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गर्दा NAMMI 01 E3 EV Car जित्न सक्ने

nactional life

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्नेछन्।

असोज ३० देखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेट को बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्नेछन्। यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट जित्न सक्नेछन् भने सामसङका प्रडक्टहरूमा ५३% सम्मको अनि सामसङका प्रडक्टहरूमा ३९% सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ। यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा -याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन्।

गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा  जित्ने मौका रहेको छ।

खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अन्तरगत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९औं वार्षिकोत्सव मनाएको वल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारहरू सहित बम्परमा NAMMI EV Car रहेको खल्तीफुल दसैँ योजना घोषणा गरेका छन् । सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हु कुरामा खल्ती परिवार विश्वस्त रहेको उनले बताए ।

ISO २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु-याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

जीओ अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:१०

काठमाडौं । जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक...

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

भृकुटीमण्डपमा सिजि मोटर्सको ‘Maha Mela Exchange Carnival’ सुरु, यस्ता छन् आकर्षक बेनिफिट

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३५

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने उद्देश्यसहित सिजि...

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:०६

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...