back
himalayan life

बजार तताउँदै ‘किया निरो इभी’ : कति पर्छ मूल्य ?

काठमाडौं । किया निरो इभी नेपालीहरुको रोजाईमा परेको छ । नेपाल बजारमा किया गाडीको बिक्री वितरण कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गर्दै आएको छ ।

आकर्षक डिजाइन, उत्कृष्ट फिचर्स लगायतका कारण नेपाली बजारमा यसको माग पनि वृद्धि भएको छ । किया निरो इभीको सबैभन्दा बलियो पक्ष यसको इन्टेरियर डिजाइन हो ।

किया निरो १५० किलोवाट क्षमताको मोटर जडान गरिएको कार हो । यो कारमा ६४ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । एकपटकको फुल चार्जमा ४८० किलोमिटर यात्रा तय गर्ने जनाइएको छ ।

किया निरोमा एबीएस, सेन्ट्रल लक, पावर डोर लक, चाइल्ड सेफ्टी लक, एन्टी थेफ्ट अलार्म, ६ वटा एयरव्याग, डे÷नाइट रियरभ्यु मिरर, प्यासेन्जर साइड रियरभ्यु मिरर, सिटवेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बिम जस्ता फिचर पाउन सकिन्छ ।
सञ्चालन खर्च कति कम लाग्ने, नियमित सर्भिसिङ गर्नुनपर्ने जस्ता लाभादायी सुविधाहरु रहेकाले इभी आकर्षण बढेको कम्पनीले जनाएको छ ।

फ्रन्ट इम्प्याक्ट बिम, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इबीडी, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर उपलब्ध रहेको छ ।

निरो इभीमा पनि कियाले आफ्नो चर्चित टाइगर नोज ग्रिल प्रयोग गरेको छ । हार्टविट एलइडी डे टाइम रनिङ लाइटसँगै दिइएको भर्टिकल हेडल्याम्पले यसको अगाडिको भागलाई निकै आक्रमक बनाएको छ ।

कियाले नयाँ निरो इभीमा १७ इन्चको अलोय ह्वील, अगाडि ग्रिलमा दिइएको चार्जिङ पार्टले चालकलाई सहज बनाउँछ । निरोमा दिएको इन्ट्रूमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट दुबैको साइज समान १०.२५ इन्च रहेको छ । यसमा १० इन्चको हेडअप डिस्प्ले, डिजिटल कि, एयर प्यूरिफायर, एम्बीयन्ट लाइट, आवाजबाट कमाण्ड दिन मिल्ने सिस्टम रहेको कम्पनीले जनाएको छ ।

नयाँ निरो ४४३५५ एमएम लामो, १८५५ एमएम फराकिलो र १५४५ एमएम अग्लो रहेको छ । यसको ह्वीलवेस २७०० एमएमको रहेको छ । यो इभी नेपाली बजारमा विभिन्न पाँच कलरमा उपलब्ध रहेको छ । नेपाली बजारमा ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...