back

अटोमोबाइलमा सुमार्गीको इन्ट्री : नेपाली बजारमा चिनियाँ ब्राण्डको बीएआईसी बेच्ने

काठमाडौं । नेपाली अटोमोवाइल व्यवसायमा प्रख्यात व्यवसायिक घरानाको इन्ट्री भएको छ । चर्चित व्यवसायीक घराना सुमार्गी ग्रुप अफ कम्पनीले अटोमोवाइल सेक्टरमा हालैमात्र हात हालेको हो ।

सुमार्गीको कम्पनीले चिनियाँ अटोमोवाइल ब्राण्ड बीएआईसीको उत्पादन नेपाली बजारमा बेच्नेछ ।

चीनको छैटौं ठूलो गाडी उत्पादक कम्पनी बीएआईसी सरकारी कम्पनी हो । जसले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँगको संयुक्त लगानीनमा गाडी उत्पादन गर्दैआएको छ ।

सोही कम्पनीको उत्पादन बेइजीङ बीजे४० एल अफरोड एसयूभी मोडलको गाडी सुमार्गीले नेपालमा बिक्री वितरण गर्न लागेको हो ।

बीएआईसी ग्रुप अन्तर्गत बेइजीङ, बीएडब्लू, चांगन, फोटन मोटर, आर्कफक्स जस्ता ब्राण्ड रहेका छन् ।

सुमार्गीले काठमाण्डौंको मिनभवनमा आधिकारिक शोरुम खोलेर बेइजीङ बीजे४० को प्रदर्शनी शुरु गरेको छ ।

बीजे४० एल एसयूभी
सन् २०१६ मा बेइजिङ अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको बीजे४० एल फोर डोर लाइफस्टाइल अफरोड एसयूभी हो । बीजे४० एलको लम्बाई ४ हजार ६३० एमएम चौडाई १ हजार ८४३ एमएम र उचाई १ हजार ८६१ एमएम रहेको छ । बीजे४० एलमा २ हजार ७३० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसमा २५४ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । जसले अफरोड विशेष गाडीकै रुपमा बीजे४० लाई कम्पनीले उतारेको छ ।

मस्कुलर बडी, आकर्षक फाइफस्टाइलको ग्रिल, चारै चक्कामा डिक्स ब्रेक, ठूलो साइजको टायरले यो एसयूभी रगेड देखिएको छ । यसको फ्रन्ट तथा रियर लाइटहरु एलइडी छन् । रिमूभेवल रुफ रहेको यो एसयूभीमा १२.३ इन्चको इन्स्टुमेन्ट क्लस्टर, रियर पार्किङ क्यामरा सहितको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

रियर पार्किङ सेन्सर, अटोमेटीक आइआरभीएम, सिक्सवे एड्जस्टेवल ड्राइभर सिट, फोरवे एड्जस्टेलवल प्यासेन्जर सिट, हिटेड फ्रन्ट सिट, मल्टीफङ्सनलन स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, डिउलजोन अटोमेटीक एसी, एयर फिल्टर सिस्टम, रेड एण्ड व्ल्याक डियूल कलरको इन्टेरियरले यसको क्यावीनलाई प्रिमियम देखाएको छ ।

सुरक्षाका लागि इबीडी सहितको एबीएस, इएसपी, इबीए, टीसीए, एचएसी, एचडीसी, आरएमआई, इपीबी, अटोहोल्ड, डिउल फ्रन्ट एयरब्याग, स्नो तथा स्पोर्ट मोड पाउन सकिन्छ ।

बीजे४० एलमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २०४ हर्सपावर र २९० न्यूटर मिटर टर्क प्रदान गर्छ । फोर ह्वील ड्राइभ क्यापासिटीको कारण यो एसयूभीलाई नेपालको जुनसुकै सडकमा सहजै चलाउन सकिन्छ । यसमा ६ स्पीड क्षमताको म्यानुअल गियरबक्स छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...