back

विश्वकै अग्रणी कम्पनी बीवाईडीका २ इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ ।

कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको, तर बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको बताएको छ ।

विशेषतः नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंकले भनेको छ, ‘त्यसैले अहिलेको अफ्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भएपनि हामीले बीवाईडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छौं । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छौं ।’

मूल्य वृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाईडी ई६ सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै बिक्री गरिरहेका थियौं । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’

सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउने छन् ।

ई६ र एम३
बीवाईडी ई६ को नयाँ जेनेरेशन मोडल ग्राहकले निकै मन पराएको कम्पनीको भनाइ छ । बीवाईडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो । कम्पनीले बिक्री गर्दै आएको एम३ मोडलमा पनि सो ब्याट्री छ ।

ब्लेड ब्याट्री सुरक्षाको हिसावले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ । ई६ मा ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने छन् ।

पूर्णत इलेक्ट्रिक प्लेटफर्ममा तयार भएको ई६ आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रसस्त स्पेश पाउन सक्छन् ।

एम३ ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन् ।

 


गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...